१२ श्रावण २०८१, शनिबार

सुनको मूल्य हालसम्मकै उच्च

प्रकाशित मिति :  4 April, 2024 11:30 am


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिनदिनै बढ्दै गएको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर किर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च हो ।

त्यस्तै बिहीबार तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बुधबार सुन पप्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोलामा ४० रुपैयाँले बढेर १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !