१२ श्रावण २०८१, शनिबार

उद्योगी, व्यवसायीलाई उपसभामुखको आह्वान-नेपालमा लगानी बढाउनुस्

प्रकाशित मिति :  4 April, 2024 12:24 pm


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरूसँग आह्वान गरेका छन् ।

बुधवार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वन गरेकी हुन् ।

उनले निजी क्षेत्रले नेपालमा कमाएर विदेशमा लगानी गर्ने भन्दा मेरो देश आफैँ बनाउँछु भन्ने नारासहित नेपालमै लगानी गर्न आवश्यक रहेको बताइन् । उनले नेपाली खानेकुराहरुलाई ब्राण्डिङ गरी विश्वमा पु¥याउनसके नेपाली युवाहरूलाई धेरै भन्दा धेरै रोजगारी दिन सकिने बताइन् ।

उनले होटल तथा रेष्टुरेण्टहरूमा बढी भन्दा बढी अग्र्यानिक खानेकुराको प्रयोग गर्न आग्रह गरिन् । उपसभामुख रानाले निजी क्षेत्रको काम गराइले सरकार पनि बाध्य भएर देश विकासका लागि काम गर्ने हुटहुटी हुनेगरी निजी क्षेत्र देश विकासमा लाग्नुपर्ने आवश्यकता रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !