१२ श्रावण २०८१, शनिबार

समानुपातिक सांसदका लागि हसिना खानलाई सिफारिस गर्ने जसपाको निर्णय

प्रकाशित मिति :  4 April, 2024 12:34 pm


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि हसिना खानको नाम सिफारिस गरेको छ ।

बिहीबार (आज) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी २७ वर्षीया हसिना खानलाई समानुपातिक सांसदमा सिफारिस गर्ने निर्णय गरेको जसपाका नेता पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित मञ्जु शर्मा अन्सारीको को निधन भएपछि एक पद रिक्त थियो ।

शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् । उनको पनि सिभिल अस्पतालमा उपचारको क्रममा चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिसमा परेकी हुन् ।



प्रतिक्रिया दिनुहोस !