१२ श्रावण २०८१, शनिबार

इलाम २ मा खड्का र बझाङ सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

प्रकाशित मिति :  4 April, 2024 1:37 pm


काठमाडौँ । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ । आज बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

संसदीय बोर्ड बैठकले खड्का र सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

इलाम २ का खड्का यसअघि २०७९ को चुनावमा पनि उम्मेदवार थिए । उनी सभापति शेरबहादुर देउवानिकट हुन् ।



प्रतिक्रिया दिनुहोस !