१२ श्रावण २०८१, शनिबार

उपनिर्वाचन: अन्तिम मतदाता नामावली प्रकाशित, कति छन् मतदाता ?

प्रकाशित मिति :  4 April, 2024 1:50 pm


काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आज (बिहीबार) बसेको बैठकबाट अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरिएको जनाएको छ ।

आयोगका प्रवक्रा शालिग्राम शर्मा पौडेलले पछिल्लो निर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ४६७ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ६१ हजार ११० मतदाता रहेको जानकारी दिए ।

उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा ४२२ जना मतदाता थप भई एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् भने बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन् ।

आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीका अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा महिला मतदाता तीन लाख ६२ हजार ९७३, पुरुष मतदाता तीन लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा सात लाख ३९ हजार ३९० र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा महिला मतदाता तीन लाख ५३० र पुरुष मतदाता तीन हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !