१२ श्रावण २०८१, शनिबार

एमालेले राष्ट्रियसभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने

प्रकाशित मिति :  4 April, 2024 2:41 pm


काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा एमालेले राष्ट्रियसभा उपाध्यक्ष भाग पाउने सहमति भएको विषय बाहिर आएको थियो । सोहीबमोजिम एमालेले घिमिरेलाई अघि सार्ने निर्णय गरेको हो ।

फागुन २१ गते नयाँ गठबन्धन बन्दा एमाले, माओवादी केन्द्र, रास्वपा, र जसपा सम्मेलित गठबन्धनबिच भएको आठ बुँदे सहमतिमा राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने उल्लेख थियो। सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएपछि पाँच दलबिच भएको सहमति पत्रमा भने उक्त कुरा हटाइएको थियो।

राष्ट्रियसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुँदै छ ।



प्रतिक्रिया दिनुहोस !