१२ श्रावण २०८१, शनिबार

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई एक हप्ताभित्र टुंगोमा पुर्‍याउनुपर्छः मन्त्री गिरी

प्रकाशित मिति :  4 April, 2024 3:04 pm


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ता भित्रमा टुंगोमा पु¥याउनुपर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलको क्रममा बोल्दै मन्त्री गिरीले सो विधेयकलाई एक हप्ताभित्र टुंगोमा पु¥याउनुपर्ने बताएका हुन् । उनले संसदको हिउँदे अधिवेशनको समय धेरै बाँकी नरहेको भन्दै चालु हिउँदे अधिवेशनमै समितिले विधेयकलाई पारित गरेर संसदमा पठाउनुपर्ने बताए ।

उनले एक हप्ताभित्र पारित गर्नेगरी तिब्रताका साथ काम गर्नुपर्नेमा जोड दिए । चालु अधिवेशनमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पु¥याउन सके राम्रो उपलब्धि हुने उनको भनाई छ ।

उनले भने – ‘मैले यसभन्दा अगाडीको बैठकमा पनि माननीयज्यूहरुलाई आग्रह गरेको थिएँ, संसदको यो हिउँदे अधिवेशनको धेरै समयावधि सायद छैन । यसबिचमा हामीले कम्तिमा पनि यो केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंग्याएर ऐनको रुपमा अगाडी बढाउनको निम्ति सक्यौँ भने राम्रो उपलब्धि हुनसक्छ भन्ने लागेको छ । हामीसँग धेरै समय छैन । जसले गर्दाखेरी हामी तिब्रताका साथ काम गर्नुपर्ने छ र आउँने एक हप्ताभित्र यसलाई टुंगोमा पु¥याउनुपर्ने छ र संसदमा प्रतिवेदन बुझाउने स्थितिमा हामी जान सक्यौँ भने राम्रो उपलब्धि हुन्थ्यो भन्ने मलाई लाग्छ ।’

उहाँले छलफलका क्रममा सांसदहरुले राखेको सुझावहरुको सन्दर्भमा मन्त्रालयमा छलफल गरेर धारणा तय गर्ने बताए । विधेयकको सम्बन्धमा बाँकी रहेका छलफलहरुमा सम्बन्धित मन्त्री बसेर छलफल अगाडी बढ्ने उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !