१२ श्रावण २०८१, शनिबार

मन्त्रीहरूले हरेक दिन प्रधानमन्त्रीलाई आफ्नो कामको ब्रिफिङ गर्नुपर्ने

प्रकाशित मिति :  4 April, 2024 6:26 pm


काठमाडौँ । सरकारका मन्त्रीहरूले आफूले गरेको कामको प्रधानमन्त्री समक्ष दैनिक रूपमा बिफ्रिङ गर्नुपर्ने भएको छ ।बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रुपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सो कुराको जानकारी दिए । उनले मन्त्रीहरूले हरेक दिन कुन काम राम्रो र ठूलो गरेका हुन् भन्ने कुराको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्ने निर्णय भएको उनले जानकारी दिए ।

उनले भने, “आज मैले एउटा निर्णय मन्त्रिपरिषद्बाट गराएको पनि छु, सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने छ । गरेका कामहरूमध्ये कुनचाहीँ त्यो दिनको राम्रो र ठूलो काम गरियो त्यो ब्रिफिङ प्रधानमन्त्रीलाई प्रत्येक दिन गर्नुपर्ने भनेपछि त्यसले अब सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ ।”

प्रधानमन्त्री दाहालले सरकारले गरे अनुरूपको तदारुकता र दृढताका साथ प्रशासन र कर्मचारीहरूले गर्न नसकेको भन्दै यस विषयको कारण खोजी गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !