१२ श्रावण २०८१, शनिबार

माधव नेपालको प्रश्नः देशमा लागुपदार्थ दुर्व्यसनी बढ्दै जाँदा सरकार के हेरेर बसेको छ ?

प्रकाशित मिति :  4 April, 2024 6:32 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लागुपदार्थ दुर्व्यसनी बढ्दै जाँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाएका छन् ।

बिहीवार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रौतहट, कैलाली जिल्लाहरुमा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढीरहेको भन्दै सरकार, नेपाल प्रहरी र प्रशासन के हेरेर बसेको ? भन्दै प्रश्न गरे ।

उनले युवाहरू लागुपदार्थको दुर्व्यसनमा दिनप्रतिदित फसिरहेको तर अपराधीहरू कारबाहीको दायरामा आउन नसकेको बताए । उनले राज्य सञ्चालनका तरिकामा कमी कमजोरीहरू रहेको भन्दै सुधार गर्ने सोचका साथ अघि बढ्नुपर्ने खाँचो रहेको जिकिर गरे ।

अध्यक्ष नेपालले राजनीतिक कर्मीहरू निष्ठावान हुन नसके र स्वच्छ छवि कायम राख्न नसके राष्ट्र सेवकहरूले कुनै राम्रो कुरा सिक्न नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !