१२ श्रावण २०८१, शनिबार

आज पाँच संसदीय समिति बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रकाशित मिति :  5 April, 2024 8:47 am


काठमाडौँ। शुक्रवार संसदका पाँच फरक फरक समितिको वैठक बस्ने भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ बजे नै सुरु हुने कार्यसूची छ। अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ।

संसदको महिला तथा समाजिक मामिला समितिको बैठक बिहान १० बजे बस्ने कार्यसूची छ। बैठकमा बाल सुधार गृहहरुको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा मन्त्रालयले गरिरहेको काम कारवाहीका बारेमा छलफल हुनेछ।

बिहान ११ बजे कानून, न्याय तथा संसदीय मामिला समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

संसदीय मामिला समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालय,, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची छ।

विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरुसंग छलफल हुने कार्यसूची रहेको छ।



प्रतिक्रिया दिनुहोस !