१२ श्रावण २०८१, शनिबार

तोलामा १३०० रुपैयाँ सस्तियो सुन

प्रकाशित मिति :  5 April, 2024 11:58 am


काठमाडौँ । लगातार दुई दिनसम्म उकालो लागेको सुनको मूल्य आज शुक्रबार ओरोलो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँ सस्तिएर तोलाको एक लाख ३२ हजार ७०० रुपैयाँ आजको कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहिबार तोलाको १६५० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार तोलामा ३५ रुपैयाँ घटेर तोलाको १६१५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !