१२ श्रावण २०८१, शनिबार

उपनिर्वाचन : बझाङमा ७४ र इलाममा ७९ मतदान स्थल

प्रकाशित मिति :  5 April, 2024 1:32 pm


काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको छ । आज (शुक्रबार) आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको जानकारी दिएका हुन् ।

उपनिर्वाचनका लागि इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र कायम गरिएको छ ।

त्यस्तै बझाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र कायम गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !