१२ श्रावण २०८१, शनिबार

धनराजमाथि ओलीको कटाक्षः मृतककाे भोट पाएर निर्वाचन जिते

प्रकाशित मिति :  5 April, 2024 6:14 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमन्त्री धनराज गुरुङमाथि कटाक्ष गर्दै मृतककाे भोट पाएर निर्वाचन जितेकाे आराेप लगाएका छन् ।

एमाले स्याङ्जाको नवौँ जिल्ला अधिवेशन पुतलीबजार नगरपालिका वडा नम्बर १ सिटीहलमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले सङ्घर्ष बोकेको, चेतना, कृषि, जागिर, सरकारी सेवा र राजनीति क्षेत्रमा सबल जिल्लामा अघिल्लो चुनावमा काँग्रेसले अनेक छलछाम गरी निर्वाचन जितेको आरोप लगाएका हुन् ।

उनले पार्टी सङ्गठनलाई एक ढिक्का बनाएर अघि बढ्न जिल्लाका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष ओलीले गुट बनाएर पार्टी कमजोर हुने भन्दै त्यसो नगर्न समेत निर्देशन दिएका थिए । नेपाली जनता एमालेको साथमा रहेकाले जनतासँग मिलेरै देशको विकास गर्ने बताए ।

एमालेविरुद्ध सरकार र सत्ता तथा अदालत प्रयोग भएको बताउँदै अध्यक्ष ओलीले एक पटक नभइ पटक–पटक भएको दाबी गरे । ९ हजार ५४३ जना पार्टी सदस्य रहेको स्याङ्जा अधिवेशनमा ११ पालिकाकाका ६०९ जना प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्व सहमतिबाट नेतृत्व चयन हुने बताइए पनि वर्तमान अध्यक्ष सूर्यप्रसाद गैरे, नारायणप्रसाद मरासिनी, राजेन्द्र डुम्रे अध्यक्षको आकांक्षी देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस !