१२ श्रावण २०८१, शनिबार

२४० करोड लगानीमा टायल उद्योग सञ्चालन गर्दै कजरिया

प्रकाशित मिति :  5 April, 2024 6:45 pm


काठमाडौँ । कजरिया टाईल्सले अबको दुई महिनामा टायल उत्पादन सुरू गर्ने भएको छ ।

गत आइतबारबाट पहिलो ‘एक्सपेरीयन्स सेन्टर’को उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको कजरियाले आगामी दुई महिना भित्रमा नेपालमा टायल उद्योग सञ्चालनमा ल्याउने भएको हो ।

कजरिया रमेश टाइल्स लिमिटेडका कार्यकारी निर्देशक सञ्जय अग्रवालले नेपालमा टायल उत्पादन सुरू गर्न लागेको र अबको दुई महिना भित्रमा उद्योग सञ्चालनमा आउने बताए । उनले नवलपरासीको बर्दघाटमा उद्योग सञ्चालन गरी उत्पादन थाल्ने बताए । उनले अहिलेको एक्सपेरियन्स सेन्टरको उद्घाटन उपभोक्तामाझ नजिक हुने माध्यम रहेको बताए । उनले उद्योगमा २४० करोड रुपैयाँ लगानी गरेको बताए ।

उनले आधुनिक उपकरणहरू प्रयोग गरेर र अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै कजरिया रमेश टाईल्सले प्रिमियम टाइलिङ समाधान खोज्ने ग्राहकहरूलाई सहज अनुभव सुनिश्चित गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !