१२ श्रावण २०८१, शनिबार

इलाम क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीले जित्छः झलनाथ खनाल

प्रकाशित मिति :  6 April, 2024 3:57 pm


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन्।

शनिवार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने दाबी गरेका हुन्।

खनालले अरु पार्टीहरुले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वान गरे।

उनले नेपालको राष्ट्रिय राजनीति राम्रो ढंगले अल्मलिएको बताए। पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पु-याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको जिकिर खनालको छ।

खनालले अहिले विचार मिल्नेहरुको बीचमा एकता सत्ता सहकार्य भएकाले लामो समय टिक्ने बताए । उनले भने, “यो प्रतिष्पर्धाको सहमति हो । हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ । इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।”

उनले अहिलेको सत्ता सहकार्य प्रतिष्पर्धाको मात्रै भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !