२४ बैशाख २०८१, सोमबार

पहाडमा हल्का वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

प्रकाशित मिति :  7 April, 2024 6:56 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। आइतवार बिहान कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको छ।

विभागका अनुसार गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागका तराईका केही स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !