१२ श्रावण २०८१, शनिबार

रास्वपा लक्षित काँग्रेस नेता सिंहको टिप्पणीः मुलुकमा ताण्डव नृत्य देखाइरहेका छन्

प्रकाशित मिति :  7 April, 2024 7:03 am


काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु ठूल्ठूला काण्डमा फसेको आरोप लगाएका छन्।

रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी घोटालाप्रति लक्षित गर्दै उनले आफ्नो जिम्मेवारी पूरा नगर्नेहरुले सुशासनको ठूल्ठूला कुरा गर्ने गरेको जिकिर पनि गरे।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले पुरानो दलको बिरोध गर्नेहरुले नयाँको नाममा मुलुकमा ताण्डव नृत्य देखाईरहेको बताएका हुन्।

उनले भने, “बन्ने, बनाउने एउटा पार्टी, बनिसकेपछि यहाँ ताण्डव नृत्य गर्नेहरु थुप्रै आईरहेका छन् । भर्खर आएका छन् । ठूल्ठूला सुशासनका कुरा गर्दछन् । सुशासनका कुरा गर्ने नेताहरु कुनकुन काण्डमा फसिरहेका छन भन्नेकुरा चाहीँ सबैले देखिरहेका छन् ।”

नेता सिंहले काँग्रेसले मुलुकको आर्थिक क्रान्तिको पनि नेतृत्व गर्नेगरी पार्टीको संगठन बनाउनुपर्ने आवश्यकता औँल्याए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !