१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय सूचना आयोगले आफ्नो दायित्व पूरा गर्नुपर्छः सभापति थापा

प्रकाशित मिति :  7 April, 2024 12:58 pm


काठमाडाैँ । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सूचना आयोगले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन्र ।

राष्ट्रिय सूचना आयोगले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति थापाले आम नागरिकलाई सूचनाको हक प्राप्त गराउनका लागि स्थापना गरिएका संवैधानिक आयोगको रूपमा रहेको सो आयोगले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएका हुन् ।

उनले सूचनाको हक माग्दा कुनै कार्यालय, संस्था वा नेताहरूले नदिएको गुनासो आम नागरिकले गर्ने गरेको उल्लेख गर्दै त्यसलाई पूरा गर्ने दायित्व सरकार र संसदको रहेको स्पष्ट पारे ।

राज्यका कमी कमजोरीका कारण संविधानमा मौलिक हकको रुपमा राखिएको धेरै प्रावधानहरु कार्यान्वयनमा आउन नसकेको पनि उनको भनाइ थियो ।

उनले भने, “यो संविधान निर्माण गर्दा पनि म यसको सदस्य थिए । हामीले वास्तवमा मौलिक हकका विषयमा धेरै कुराहरु राख्यौं । र यो संविधान वास्तवमा लिखित रुपमा हेर्ने हो भने संसारको उत्कृष्ट संविधान भित्रै पर्दछ । तर व्यवहारमा हेर्ने हो भने हामी धेरै कमजोर छाैँ । हामीले जे जति प्रयोग गर्नसक्थ्यौँ । त्यो कुरा मात्रै नदिएर हामीले धेरै कुरा दियौँ तर त्यसको कार्यावयन गर्ने पक्षमा राज्यका तर्फबाट केही कमीकमजारी छन् ।”

सभापति थापाले नेपालको संविधानमा धेरै अधिकार दिएपनि त्यसलाई कार्यान्वयनमा लैजाने विषय भने कठिन बन्न गएको स्मरण पनि गराए ।



प्रतिक्रिया दिनुहोस !