१२ श्रावण २०८१, शनिबार

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

प्रकाशित मिति :  7 April, 2024 2:54 pm


दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

हिजो मुख्यमन्त्री नियुक्त भएका महराले राजधानी दाङ देउखुरीमा आज प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री महरासँगै तीन मन्त्रीले पनि पद तथा गोपनीयताको सफथ ग्रहण गरेका छन् । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र माओवादी केन्द्रका दीपेन्द्र पुनले मन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

मन्त्रीहरूको जिम्मेवारी भने पछि तोकिने छ । नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि महरा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

महरालाई नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाले समर्थन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !