१२ श्रावण २०८१, शनिबार

मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारीमा छौँ: मन्त्री शर्मा

प्रकाशित मिति :  7 April, 2024 4:34 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिएकी छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिएकी हुन् ।

उनले सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको बताइन् । मन्त्री शर्माले मिडिया काउन्सिल विधेयक नै आउन लागेपछि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा प्रेस काउन्सिल नेपालसँग सम्बन्धित दफाहरूमा कुनै निर्णय गर्न आवश्यक नभएको बताइन् ।

उनले मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलको अध्यक्ष हुने व्यक्तिको योग्यता सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति हुनुपर्ने अथवा मिडिया क्षेत्रमा विशिष्ट योगदान गरेको व्यक्ति हुनुपर्ने भनेर उल्लेख गरिएको बताइन् ।



प्रतिक्रिया दिनुहोस !