१२ श्रावण २०८१, शनिबार

एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित

प्रकाशित मिति :  7 April, 2024 5:30 pm


काठमाडौँ । नेकपा (एमाले) स्याङ्जाको नवौँ जिल्ला अधिवेशनमा सूर्यप्रसाद गैरे ‘पारस’ निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । चैत २३ गते भएको निर्वाचनमा गैरेको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचनबाट उपाध्यक्ष महेश पुरी, सचिवमा रामचन्द्र (आरसी) भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चिनमायाँ गुरुङ निर्विरोध भएका छन् । पदाधिकारीमा निर्विरोध भए पनि सदस्यमा भने निर्वाचन हुने भएको छ ।

निर्वाचनमा १८ खुल्ला सदस्यका लागि ४९ जनाको उम्मेदवारी परेको छ । ६ जना महिला खुल्ला सदस्यको लागि १० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै दुई युवा सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ । सदस्यमा आवश्यकभन्दा धेरै उम्मेदवारी परेपछि समय थप गरी मिलाउने प्रयास भइरहेको छ । अधिवेशनबाट १०५ सदस्य निर्वाचित हुने छन् ।

९ हजार ५४३ जना पार्टी सदस्य रहेको स्याङ्जा अधिवेशनमा ११ पालिकाका ६०९ जना प्रतिनिधि सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !