२२ बैशाख २०८१, शनिबार

पहाडमा हल्का वर्षा, दुई प्रदेशका तराईमा हावाहुरी आउने

प्रकाशित मिति :  8 April, 2024 7:37 am


काठमाडौँ । सोमवार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। बिहानपख देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा–हुरीको सम्भावना रहेको जनाइएको छ ।

दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान हेर्न यहाँ क्लिक गर्नसक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !