काँग्रेस पदाधिकारीको बैठक बस्दै
प्रकाशित मिति : 8 April, 2024 9:14 am

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ ।
बैठक आज बिहान साढे ८ बजेबाट पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्न लागेको हो । बैठकले संसद अवरोधबारे र आज सभामुख देवराज घिमिरेले बोलाएको शिर्ष नेताहरुको बैठकमा काँग्रेसले लिने अडानबारे निर्णय हुनेछ ।
साथै मंगलवार बस्ने संसद बैठकमा आफ्नो अडानबारे निर्णय लिने र संसदमा कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । साथै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।