१२ श्रावण २०८१, शनिबार

सभामुख घिमिरेले दलका नेताहरुसँग छलफल गर्दै

प्रकाशित मिति :  8 April, 2024 9:50 am


काठमाडौँ । सभामुख देवराज घिमिरेले आज संसद सञ्चालनमा सहजता प्रदान गर्न शिर्ष राजनीतिक दलहरुको बैठक बोलाएका छन् ।

बैठक आज बिहान १० बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा प्रधानमन्त्री, नेपाली काँग्रेस, नेकपा एमाले लगायतका शिर्ष नेतृत्वहरु सहभागी हुनु हुनेछ । बैठकले मंगलवार बस्ने प्रतिनिधि सभाको अवरोध अन्त्य गर्ने विश्वास लिइएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणको आरोप लगाएर प्रमुख प्रतिपक्ष दलले संसद अवरोध गर्दै आएको छ । काँग्रेसले मंगलवारसम्मको समय सीमा दिइ संसदीय छानबिन समितिको माग गरेको छ ।

मंगलवारसम्म संसदीय छानबिन समिति नबनाए संसद सञ्चालन हुन नदिने काँग्रेसको अडान छ । सत्तारुढ दलले कांग्रेसको माग अनुसार समिति गठन नहुने बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !