१२ श्रावण २०८१, शनिबार

एक लाख ३६ हजार नाघ्यो सुनको मूल्य

प्रकाशित मिति :  8 April, 2024 12:22 pm


काठमाडौँ । सुनको मूल्यले आज सोमबार नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार सोमबार छापावाला सुनको मुल्य अघिल्लो कारोबारको तुलनामा तोलामा ६०० रुपैयाँ बढेर तोलाको एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन तोलाको एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले दिएको जानकारी अनुसार चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !