१२ श्रावण २०८१, शनिबार

कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेः नेता महतो

प्रकाशित मिति :  8 April, 2024 1:23 pm


काठमाडाैँ । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् ।

सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे आराेप लगाएका हुन् । उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए । उनले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरू आफैँ मेटिने दाबी गरे ।

उनले नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताउँदै क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए ।

नेता महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने बताए ।



प्रतिक्रिया दिनुहोस !