१२ श्रावण २०८१, शनिबार

पूर्वमन्त्री अब्दुल खान सवार गाडी धादिङमा दुर्घटना

प्रकाशित मिति :  8 April, 2024 2:13 pm


काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । पूर्वमन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्यहरू चढेको बिएसी २७३५ नम्बरको गाडी धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो ।

उपाध्यक्ष खानसहित गाडीमा चारजना सवार थिए। अर्को गाडी जोगाउन खोज्दा उनी सवार गाडी भित्तामा ठोक्किएको थियो।

दुर्घटनामा खानसहित गाडीमा सवार चारैजना सामान्य घाइते भएका छन्। खानको हातमा चोट लागेको छ।



प्रतिक्रिया दिनुहोस !