१२ श्रावण २०८१, शनिबार

ढल्केवरमा मालपोत कार्यालय सार्न लागेको विराेधमा स्थानीयको प्रदर्शन

प्रकाशित मिति :  8 April, 2024 2:47 pm


काठमाडौँ । धनुषाको ५ वटा पालिकालाई सेवा दिनेगरी मिथिला नगरपालिकास्थित ढल्केवरमा मालपोत कार्यालय सार्न लागेको बिरोधमा स्थानीयहरूले प्रदर्शन गरेका छन् ।

जनकपुरधामको विकासमा अवरोध खडा गर्नेगरी मालपोत कार्यालय सार्ने निर्णय गरिएको भन्दै मालपोत बिरुद्धको संघर्ष समिति गठन गरेर त्यहाँका स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

गोप्य रूपमा मालपोत कार्यालय सार्ने विषयमा आफूहरूलाई जानकारी भए लगत्तै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएपनि वास्ता नगरेकाले संघर्षमा उत्रिनु परेको संघर्ष समितिका संयोजक रमण सिंहले जानकारी दिए ।

प्रदर्शनमा उत्रिएका स्थानीय मालपोत कार्यालय धनुषाको काम एक घण्टा अवरुद्ध गर्नुका साथै एक घण्टा चक्का जाम समेत गरेका छन् । २०७२ साल असोज १४ गते मन्त्रीपरिषदको निर्णयअनुसार धनुषाको ५ पालिकालाई सेवा प्रदान गर्नेगरी मिथिला नगरपालिकास्थित ढल्केवरमा कार्यालय सार्न लागिएको हो ।

सो कार्यालयबाट धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका र बटेश्वर गाउँपालिकालाई सेवा प्रदान गरिनेछ ।

यद्यपि संघर्ष समितिले प्रत्येक पालिकामा मालपोतको सेवा प्रदान गर्नेगरी कार्यालय खोलिए मात्रै कार्यालय सार्ने निर्णय आफूहरुलाई मान्य हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !