१२ श्रावण २०८१, शनिबार

कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन पनि फिर्ता लिने

प्रकाशित मिति :  8 April, 2024 3:18 pm


काठमाडौँ । नेकपा मओवादी संसदीय दल कोशीको बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बैठकपछि माओवादी संसदीय दलका एक नेताले आजै मन्त्रीहरूले राजीनामा दिने बताए । माओवादीका तर्फबाट सरकारमा ३ जना मन्त्री छन् ।

त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन आजै फिर्ता लिने दुई दलको तयारी छ ।



प्रतिक्रिया दिनुहोस !