कोशीमा माओवादीका तीन मन्त्रीद्वारा राजीनामा
प्रकाशित मिति : 8 April, 2024 3:34 pm
काठमाडौँ । कोशी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) का तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
पर्यटन वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती, सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, र खानेपानी सिँचाइ तथा उर्जा मन्त्री नारायण बुर्जा मगरले पदबाट राजीनामा दिएका हुन् ।
उनीहरूले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा दिएका हुन् ।