१२ श्रावण २०८१, शनिबार

राजनीतिमा इमानदारिताको खाँचो छः सांसद किराती

प्रकाशित मिति :  8 April, 2024 7:01 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले राजनीतिमा इमानदारिताको खाँचो रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा गायिक खुशी थुलुङ राईको पहिलो गीति एल्बम खुसीका रङ्गहरू लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा इमानदारिताको खडेरी परेको बताएका हुन् ।

राजनीतिमा इमानदारितालाई मुख्य विषय बनाउन सके देश बन्न धेरै समय नलाग्ने उनले बताए । उनले सार्वभौम सत्ता सम्पन्न नेपाल भनेर मात्रै नहुने भन्दै नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न नसकेको बताए । उनले संविधानको पूर्णतः कार्यान्वयन हुन नसकेको पनि बताए ।

उनले भने, ‘सार्वभौम सत्ता सम्पन्न नेपाल त भन्न सक्यौँ । सार्वभौम सत्ता सम्पन्न नेपालमा नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न सकेका छैनौँ । त्यो भनेको एउटा मात्रै आवश्यकता छ । हामी लोकतान्त्रिक गणतन्त्रमा छौँ । वंशीय शासनको अन्त्य गरेका छौँ । संविधानमा सबैको प्रत्याभूति हुने गरी चित्र प्रस्तुत भएको छ । संविधानको कार्यान्वयनमा ढिलो भइरहेको छ । हामी सबै लागौँ । इमानदारिताको खाँचो छ हाम्रो देशमा । इमानदारिताको खडेरी लागेको छ । राजनीतिमा इमानदारिता प्रधान भयो भने देश बन्न धेरै समय लाग्दैन । राजनीति रूपान्तरण गर्न आवश्यक छ ।’

सांसद किराँतीले राजनीतिक रूपान्तरण गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !