२२ बैशाख २०८१, शनिबार

यस्तो रहनेछ मंगलवारको मौसम

प्रकाशित मिति :  9 April, 2024 6:56 am


काठमाडौा। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। मंगलवार बिहानपख कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बारे जानकारी लिन यहाँ क्लिक गर्नसक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !