१२ श्रावण २०८१, शनिबार

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

प्रकाशित मिति :  9 April, 2024 7:54 am


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

मंगलबार बिहान ८ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ । आज पनि संसद् बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !