१२ श्रावण २०८१, शनिबार

राप्रपाले आज काठमाडौँमा बृहत् प्रदर्शन गर्ने

प्रकाशित मिति :  9 April, 2024 8:06 am


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा प्रदर्शन गर्दै छ । संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गर्न लागेको हो ।

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाब सिर्जना गर्ने उद्देश्यले जनप्रदर्शन गर्न लागेको हो।

काठमाण्डौँका दर्जनौँ स्थानबाट जुलुस निस्किने राप्रपाले जनाएको छ। त्यसैगरी ललितपूर, भक्तपुर र आसपासका जिल्लाबाट ऱ्याली सहितको सहभागीता रहने राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। प्रदर्शनमा ५० हजार भन्दा बढी मानिस उतार्ने राप्रपाले दाबी गरेको छ ।

पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउन दबाब दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरिएको र आज काठमाडौँमा हुन लागेको जनप्रदर्शनमा देशभरका कार्यकर्ताहरू सहभागी हुने श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !