१२ श्रावण २०८१, शनिबार

कांग्रेसबाट राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिने

प्रकाशित मिति :  9 April, 2024 9:54 am


काठमाडाैँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । आज बसेको संसदीय दल कार्यसमितिको बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दल कार्य समितिले राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपाध्यक्षका लागि भोली निर्वाचनको मिति तोकिएको छ । त्यसका लागि आज संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !