१२ श्रावण २०८१, शनिबार

प्रतिनिधिसभा बैठक अवरुद्ध, सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग जारी

प्रकाशित मिति :  9 April, 2024 1:08 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडानमा आज पनि कांग्रेसले बैठक अवरुद्ध पारेका हाे ।

विना प्रमाण छानविन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै आएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उठेर बैठक अवरुद्ध पारेकाे छ । 

त्यसलगत्तै काँग्रेस सचेतक सुशीला थिङले करोडौं सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानविन नगरेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिइन् ।



प्रतिक्रिया दिनुहोस !