२० बैशाख २०८१, बिहिबार

राप्रपाकाे शक्ति प्रदर्शनले काठमाडाैँमा ‘ट्राफिक जाम’

प्रकाशित मिति :  9 April, 2024 2:08 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा शक्ति प्रदर्शन गर्दा आज (मंगलबार) दिउँसो ट्राफिक व्‍यवस्‍थापन अस्तव्यस्त बनेको छ। ।

संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले आज काठमाडौँमा बृहत् प्रदर्शन गरेको हो ।

काठमाडौँको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाब सिर्जना गर्ने उद्देश्यले जनप्रदर्शन गरेकाे हाे ।

र्‍ याली निषेधित क्षेत्रतर्फ अघि बढ्न लागेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !