१८ बैशाख २०८१, मंगलबार

स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु

प्रकाशित मिति :  9 April, 2024 2:50 pm


काठमाडौँ । स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नम्बर २ गराङ्दी का १४ वर्षीय युनिक रानाको पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

मंगलबार बिहान ६ जना साथीहरू सहित पौडी खेल्न गएका राना खोलामा पस्ने बित्तिकै बेपत्ता भएका थिए । झण्डै दुई घण्टाको खोजपछि बालकको उद्धार गरिएको प्रहरीको भनाइ छ । उद्धारपछि गल्याङ सामुदायिक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !