१२ श्रावण २०८१, शनिबार

शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

प्रकाशित मिति :  9 April, 2024 3:53 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

मंगलवार काठमाडौँका विभिन्न ठाउँमा व्यवस्था फेर्न दबाबसहितको जनप्रदर्शन गरेको राप्रपाले प्रदर्शनका क्रममा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै अध्यक्ष लिङदेनले गृहमन्त्रीको राजीनामा आफ्ना मागहरूमा थपिएको बताए ।

उनले गृहमन्त्रीले राप्रपाका कार्यकर्ताहरूलाई छानिछानि आक्रमण गर्न लगाएको आरोप लगाए । उनले निषेधित क्षेत्र भन्दा बाहिर प्रदर्शन गर्दा पनि पार्टीका नेता बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको बताए । उनले आफूहरूले अब सरकार र गृहमन्त्रीको राजीनामालाई पनि आफ्नो मागहरुमा समावेश गरेको बताए ।

उनले राप्रपाले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने र निषेधित क्षेत्र संविधान विपरित रहेको भन्दै तोड्ने योजना बनाइ प्रदर्शन गर्दा प्रहरीले दमन गरेको बताए ।

उनले सरकारले तोकेको निषेधित क्षेत्रहरू संविधान बमोजिम नरहेको र संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार दिएको बताए । सिंहदरबारअगाडिबाट माईतीघरतर्फ जानेक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !