१२ जेष्ठ २०८१, शनिबार

काँग्रेसलाई गृहमन्त्रीको प्रस्ताव: भ्रष्टाचार आरोप लाग्ने वित्तिकै राजीनामा दिने सहमती गरौं

प्रकाशित मिति :  9 April, 2024 5:28 pm


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन्।

उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमति गरेर अघि बढ्न काँग्रेस तयार हुनुपर्ने शर्त समेत राखे ।

नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानविनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला उनले भने मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उजुरी पर्दैमा छानविन गर्ने कुरा संसदीय मूल्य, मान्यता भित्र नपर्ने जिकिर समेत गरे ।

उपप्रधानमन्त्री लामिछानेले भ्रष्टामुक्त मुलुक बनाउने साँच्चै चाहना हो भने उच्चस्तरीय छानविन समिति बनाएर २०४७ साल यताका सबै भ्रष्टाचारका काण्डहरूको छानविन गर्न तयार हुन पनि काँग्रेससँग प्रस्ताव गरे ।

लामिछानेले आफूमाथि व्यक्तिगत आरोपमा संसदीय छानविन समिति बनाउनुपर्ने मागको कुनै औचित्य नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !