१ जेष्ठ २०८१, मंगलबार

यामलाल कँडेल कर्णालीको मुख्यमन्त्रीमा नियुक्त

प्रकाशित मिति :  9 April, 2024 5:47 pm


काठमाडौँ । कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बनेका छन् ।

प्रदेश प्रमुख तिलक परियारले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । कर्णालीमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।

गठबन्धन दलबिच केन्द्रमा भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि माओवादी केन्द्रका नेता राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !