२० बैशाख २०८१, बिहिबार

भक्तपुरको बिष्का जात्रा सुरू

प्रकाशित मिति :  9 April, 2024 7:06 pm


काठमाडौँ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक बिष्का जात्रा आज सुरू भएको छ ।

मंगलवारबाट भक्तपुरमा जात्रा सुरू भएको हो । आज बिहानैदेखि तौमढीस्थित भैरवको रथमा पूजा गर्नेको भीड रहेको थियो । आज पूजा गरिएपछि रथ तानिएको थियो ।

आज रथ तानेर गहिटी लगिएको छ । पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरू भएको हो ।



प्रतिक्रिया दिनुहोस !