१२ श्रावण २०८१, शनिबार

आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन

प्रकाशित मिति :  10 April, 2024 7:25 am


काठमाडौँ । आज राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो । एमालेका तर्फबाट कपिलवस्तुकी सांसद विमला घिमिरले उम्मेदवारी दर्ता गराएमकी छिन् । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन् ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौंकी विष्णुदेवी पुडासैनीलाई अघि सारेको छ। पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा, मनोनीत गरी १\१ सांसदले मत हाल्नेछन्।



प्रतिक्रिया दिनुहोस !