१७ बैशाख २०८१, सोमबार

काठमाडौँ उपत्यकाको वायु अत्यन्त अस्वस्थकर

प्रकाशित मिति :  10 April, 2024 9:29 am


काठमाडौँ । काठमाडौँ उपत्यकामा केही दिनदेखि वायू प्रदूषण एकदमै बढेको छ। स्विजरल्यान्डस्थित आईक्यूएयरले आज विश्वका वायु प्रदूषित सहरको सूचीमा काठमाडौँ उपत्यकालाई पहिलो नम्बरमा राखेको छ।

आईक्यूएयरका अनुसार अहिले काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) २३० छ। काठमाडौं उपत्यकाभित्र पनि खुमलटार, रत्नपार्क र भक्तपुरको वायु प्रदूषण अत्यन्तै अस्वस्थकर रहेको छ ।

२ सय १ देखि ३ सयसम्मको एक्यूआईलाई अति अस्वस्थरक वायु मानिन्छ। ३ सय १ देखि ४ सयसम्मको एक्यूआईलाई खतरनाक र ४ सय १ देखि ४ सय ५० सम्मलाई अति खतरा मानिन्छ। एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ ।



प्रतिक्रिया दिनुहोस !