१७ बैशाख २०८१, सोमबार

५०० रुपैयाँ बढेर तोलाको एक लाख ३६ हजार ८०० पुग्यो सुनको मूल्य

प्रकाशित मिति :  10 April, 2024 11:59 am


काठमाडौँ । सुनको मूल्य लगातार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज बुधबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर तोलाको एक लाख ३६ हजार ८०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको एक लाख ३६ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३६ हजार १५० रुपैयाँ तोकिएको छ ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार तोलाको १६८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १५ रुपैयाँ बढेर तोलाको १७०० रुपैयाँमा कारोबार भइरहको छ ।



प्रतिक्रिया दिनुहोस !