२१ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक वैशाख २ गतेसम्मका लागि स्थगित

प्रकाशित मिति :  10 April, 2024 1:51 pm


फाइल फाेटाे।

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदन अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगन भएको छ ।

बुधबार बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बोल्ने समय सकिएपछि सदन अवरोध भएको थियो । सभामुख देवराज घिमिरले निर्धारित विषयमा अघि बढाउन खोजेका थिए ।

तर, कांग्रेसका सांसदहरूले नाराबाजी गर्न थालेपछि कार्यसूचीमा रहेका सबै विषय हटाएर सभामुख घिमिरेले वैशाख २ गते ११ बजेसम्मका लागि सदन स्थगन गरिएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !