२० बैशाख २०८१, बिहिबार

काँग्रेसले सहकारी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय बनाउन मिल्दैनः मनिष झा

प्रकाशित मिति :  10 April, 2024 2:27 pm


काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी ठगी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय नबनाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले सहकारीलगायतका सबै भ्रष्टाचारको अनुसन्धानका लागि तयार हुन पनि सबै राजनीतिक दलहरुलाई अनुरोध गरेका हुन् ।

उनले आफ्नो पार्टीले भ्रष्टाचार र बलात्कारको अन्त्यका लागि संसद र सरकारलाई पटकपटक सुझाव दिएको पनि स्मरण गराए । उनले आफ्नो पार्टीको सुशासनमाथिको प्रतिवद्धतामा शंका गर्नुपर्ने कुनै कारण नरहेको बताए ।

सांसद झाले देशलाई यही व्यवस्था भित्र सुशासनको माध्यामबाट अघि बढाउने लक्ष्यका साथ आफ्नो पार्टी अगाडि बढेको दाबी समेत गरे । झाले भ्रष्टाचारको अन्त्यको अभियानमा सबै दलहरू एक हुनुपर्नेमा पनि जोड दिए ।



प्रतिक्रिया दिनुहोस !