२१ बैशाख २०८१, शुक्रबार

काँग्रेसले सहकारीको विषयमा गृहमन्त्री लामिछानेमाथि प्रहार गर्नु उचित होइनः सांसद थापा

प्रकाशित मिति :  10 April, 2024 2:42 pm


काठमाडाैँ । सत्तारुढ प्रमख घटक नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेपाली काँग्रेसले सहकारीको विषयलाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई खेद्नु उचित नभएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सहकारीको विषयमा राष्ट्रिय बहसको विषय हुनुपर्नेमा व्यक्ति केन्द्रित गरेर काँग्रेसले सत्तापक्षबाट प्रतिपक्षमा जाँदामा छटपटी अभिव्यक्त गरेको बताएका हुन् ।

सहकारी सम्बन्धि उपप्रधानमन्त्री लामिछानको मुद्दाको विषयमा अदालतमा विचाराधिन रहेकाले त्यसमा संसदमा छलफलको कुनै अर्थ नभएको पनि स्पष्ट पारे । सांसद थापाले सहकारीको विषय प्रतिपक्षमा बस्दा जाग्ने, सत्तापक्षमा बस्दा निदाउने खालको विषय नभएकोतर्फ पनि काँग्रेसको ध्यानाकर्षण गराए ।

सांसद थापाले सहकारीलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी निक्षेपकर्ताको रकम सुरक्षित गर्ने दायित्व सरकार र सिंगो संसदका रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !