१९ बैशाख २०८१, बुधबार

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

प्रकाशित मिति :  10 April, 2024 2:57 pm


काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) की विमला घिमिरे निर्वाचित भएकी छन् ।

राष्ट्रियसभा बैठकमा बहुमत सदस्यले पक्षमा मतदान गरेपछि उपाध्यक्षमा निर्वाचित गरियोस भन्ने उनको प्रस्ताव स्वीकृत भएको हो ।

घिमिरेको पक्षमा ३९ मत र कांग्रेसकी विष्णुदेवी पुडासैनीकाे पक्षमा १६ मत परेकाले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले गरे । मत विभाजन प्रक्रियामा ५५ जना सदस्यले भाग लिएका थिए ।

उनलाई नेकपा (एमाले) सहित नेकपा (माओवादी केन्द्र) ,जसपासहितका दलले मतदान गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक शुक्रवार बस्नेछ ।



प्रतिक्रिया दिनुहोस !