२० बैशाख २०८१, बिहिबार

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

प्रकाशित मिति :  10 April, 2024 3:37 pm


काठमाडाैँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् ।

एमाले संसदीय दलका नेता कँडेलले बुधवार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा हिजाे (मंगलबार) नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !